खोटाङ-साकेला गाउँपालिका-४, खेलकुद समिति साकेला-४ खोटाङद्वारा आयोजना गरिएको अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको विधिवत उद्घाटन साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा बिहिबार सम्पन्न भएको छ । साकेला गाउँपालिकाको केन्द्रमा रहेको नौलाखर्क खेलमैदानमा हुने खेलमा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन समारोहमा पूर्व पालिका अध्यक्ष अर्जुनकुमार खड्का, नेपाल सरकारका सह-सचिव कृष्ण बहादुर कटवाल, निर्वाचित वडाध्यक्षहरु, पूर्व वडाध्यक्ष, साकेला गाउँपालिकाका कार्यपालिका सदस्य, गाउँसभा सदस्यहरु, विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधिहरु,स्थानीय वुद्धिजीवि, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया