खोटाङ- खोटाङको साकेला गाउँपालिका-४ स्थित खेलकुद समितिद्धारा दशैँ, तिहार र अन्य चाडवाडको उपलक्ष्यमा आयोजना गरिएको खुल्ला वडा स्तरीय पुरुष फुटवल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पाँच खेल हुने भएको छ । साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बिहीबार उद्घाटन गर्नुभएको प्रतियोगिताको पहिलो चरण अन्तर्गत पहिलो खेल आयोजक साकेला-४ खेलकुद समिति र मुन्दुम स्पोर्टस क्लवबीच हुने आयोजकले जनाएको छ ।
पहिलो चरण अन्तर्गत आजै लफ्याङ र दिप्रुङ चुईचुम्मा-७ टेम्मा तथा साकेला-१ बाँझेच्यानडाँडा (ए) र (बि) बीच खेल हुने आयोजकले जनाएको छ । त्यस्तै दिप्रुङ चुईचुम्मा याङशोला र साकेला-२ रतन्छा (बी) तथा साकेला-५ मात्तिम (ए) र दिप्रुङ चुईचुम्मा-७ टेम्मा बीच खेल हुने छ । 9A साईजमा खेलाईने उक्त प्रतियोगिता नकआउटको आधारमा खेलाईनेछ ।साकेला गाउँपालिकाको केन्द्रमा रहेको नौलाखर्क खेलमैदानमा भईरहेको खेलमा २१ टिमले सहभागिता जनाएका छन् ।
“खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिता बिजेताले नगद एक लाख पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक वुद्धिबोल राईले बताउनुभयो । त्यस्तै उप-बिजेताले नगद ५१ हजार पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेश्रो हुने टिमले नगद ३१ हजार पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक राईको भनाई छ ।
प्रतियोगिताको वेष्ट किपर, बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट फरवार्ड र बेष्ट प्रशिक्षकले नगद एक हजार एक सय एक सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने हाईस्कोर गर्नेले नगद एक हजार पाँच सय एक रुपैंयाको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सर्बोत्कृष्ट खेलाडीलाई दुई हजार एक रुपैंया नगद सहित ट्रफि र प्रमाणपत्रले सम्मान गरिने खेल अध्यक्ष नारायण राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया