जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको उपाधि साकेला युवा समाज रतन्छालाई

    खोटाङ- साकेला गाउँपालिकामा जारी अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी साकेला युवा समाज रतन्छाले चुमेको छ । साकेला गाउँपालिका-५ मात्तिमसँग भएको अन्तिम खेलमा १-२ गोल अन्तरले हराउँदै रतन्छा प्रतियोगिताको बिजेता र मात्तिम उपविजेता टिम बन्न सफल भएको छ ।

    त्यस्तै मुन्धुम स्पोर्ट क्लव रतन्छा र दोर्पाबीच भएको तेश्रो स्थानको खेलमा ०-२ गोल अन्तरले हराउँदै मुन्धुम स्पोर्ट क्लव तेश्रो भएको छ । बिजेता टिमले नगद एक लाख पाँच रुपैंयाको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उप-बिजेताले नगद ५१ हजार पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे भने तेश्रो हुने टिमले नगद ३१ हजार पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगिताको वेष्ट किपर साकेला युवा समाज रतन्छाका मनोज परियारले नगद एक हजार एक सय एकको साथमा ट्रफि प्राप्त गरेका छन् भने बेष्ट मिड फिल्डर साकेला-५ मात्तिमका शैलेश बजिमयले प्राप्त गरे । उनलाई नगद एक हजार एक सय एक रुपैंयाको साथमा ट्रफि प्रदान गरिएको छ ।

    त्यस्तै बेष्ट डिफेन्डर साकेला-५ का बाबुराम राई, बेष्ट फरवार्ड साकेला युवा सेवा समाजका दिपेन राई र बेष्ट प्रशिक्षक साकेला युवा समाजका सुमन राई घोषित भएका छन् । उनिहरुले नगद एक हजार एक सय एक सहित ट्रफि प्राप्त गरेका छन् । त्यस्तै उच्च गोलकर्ता रामसुर राईले नगद एक हजार पाँच सय रुपैंयाको साथमा ट्रफि प्राप्त गरेका छन् । राइजिङ प्लेयर मात्तिम-५ का साहिल राई घोषित भए । सर्वोत्कृष्ट खेलाडी साकेला युवा सेवा समाजका सामेल राई घोषित भए भने उनले नगद दुई हजार एक रुपैंयाको साथमा ट्रफि प्राप्त गरे ।

    प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष तथा केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुव विक्रम राई, पूर्व गाउँपालिका अध्यक्ष अर्जुन खड्का, पूर्व उपाध्यक्ष सरिता खड्का लगायतको उपस्थिति रहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया