असार २०, २०८२ बिहिबार

टोल-टोल पुग्ने बाटो मर्मत गर्दै साकेला गाउँपालिका

साकेला- वर्षादका कारण भलबाढीले बिगारेका सडकहरु साकेला गाउँपालिकाले सरसफाई तथा निर्माण गरिरहेको छ । पालिकाभित्रका सबै वडा र टोलटोलभित्रका ग्रामीण सडकहरु पालिकाले आफ्नै जेसिवि मेसिन प्रयोग गरि सरसफाई गरिरहेको हो । पालिकाले दशैं अगाडीदेखि नै सडक मर्मत सुरु गरेको हो । तिहार अगाडीसम्म सबै वडाको टोलटोल पुग्ने सडकहरु मर्मत गरि एम्वुलेन्स पुग्न सक्ने बनाईने गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । लगातारको वर्षाका कारण सडकमा पहिरो झर्नुका साथै खहरेले सडकको बीच भाग बगाएर चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी समेत हिड्न समस्या हुँदै आएपछि गाउँपालिकाले सडक मर्मत गर्न सुरु गरेको हो ।

सडक मर्मत गरिएपछि टोल-टोलबाट पालिकाको केन्द्र सम्म आवत-जावत गर्न र पालिकाबाट अन्यत्र जान सहज   हुने अध्यक्ष राईको भनाई छ । गाउँपालिकाले हरेक वर्ष वर्षाद रोकिएपछि ठूला आयोजना मार्फत निर्माण भईरहेका सडक बाहेक पालिकाभित्रका शाखा सडकहरु मर्मत गर्दै आएको छ । यस वर्ष लामो समयसम्म वर्षा भएका कारण सडक मर्मत गर्न ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।

अहिले गाउँपालिकाको वडा नम्बर-२ रतन्छामा सडक मर्मत भईरहेको छ । मानेभञ्ज्याङ-रतन्छा-वडा कार्यालयहुँदै–मात्तिम कातिकेसम्म, पिनालाखा-साल्मे-लामदुवाली, दारुलाटार-बुतेपा, नैनेपाटी-मबु-धन्नेश्वरी-मिनेडाँडा लगायतको सडक मर्मत सम्पन्न भईसकेको छ भने बाँकी सडकहरु पनि धमाधम मर्मत भईरहेको छ । यसअघि वडा नम्बर ५ अन्तर्गतका सडकहरु मर्मत भईसकेका छन् । बाँकी वडाहरुमा पनि तिहार अघि मर्मत गरिसकिने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया