जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • महिला तथा पुरुष भलिवल प्रतियोगिता सम्पन्न

    साकेला- स्थानीय पृथ्वी युवा सङ्गठन साकेला गाउँपालिका-३, बोपुङद्धारा गत कार्तिक १६ गतेदेखि आयोजना गरिएको साविक वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता आज मङ्गलबार सम्पन्न भएको छ ।

    ३५ टिम सहभागि रहेको प्रतियोगितामाको पुरुषतर्फ रावावेशी गाउँपालिका-४, कुभिण्डे प्रथम, भोजपुर गोगने द्धितीय र भोजपुर दलगाउँको प्रतियोगी तृतीय भएका छन् । त्यस्तै महिला तर्फत साकेला गाउँपालिका-३, ढाँडे प्रथम, दिप्रुङ चुईचुम्मा गाउँपालिका ज्यामीरे द्धितीय र भोजपुर ओईराङ तृतीय भएका छन् ।

    प्रतियोगिताको बिजेतालाई गाउँपालिका प्रमुख रवि प्रकाश राईले पुरस्कार ग्रहण गर्नुभएको थियो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी रावावेशी कुभिण्डेका सबिन श्रेष्ठ, अनुशासित खेलाडी पवन खत्री भए भने महिलातर्फ उत्कृष्ट सटर अर्पना राई (ज्यामिरे) र खिदिमा डाँडेकी सुमिला तामाङ उत्कृष्ट खेलाडी भएका छन् ।

    टिटी नकआउटको आधारमा खेलाईएको पुरुषतर्फ बिजेताले नगद ५५ हजार ५५ रुपैंयाको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उप-बिजेता टिमले नगद ३३ हजार ३३ रुपैंयाको साथमा मेडल र प्रमाणपत्र तथा तेश्रो हुने टिमले २२ हजार २२ रुपैंयाको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    त्यस्तै प्रतियोगिताको महिलातर्फ बिजेताले दश हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उप-बिजेता टिमले नगद सात हजार रुपैंया सहित मेडल र प्रमाणपत्र तथा तेश्रो हुने टिमले नगद पाँच हजार रुपैंयाको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया