जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • सृजनात्मक कार्यमा लाग्न अध्यक्ष राईको सुझाव

    साकेला- साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले कार्यालय समयभन्दा बाहिरको समयलाई पनि सदुपयोग गरि सृजनात्मक कार्यमा लाग्न कर्मचारीहरुलाई सुझाव दिनुभएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा आयोजित पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष राईले नेपाल सरकारले तोकेको १०-४ कार्यालय समयको नीति भन्दा बाहेक अन्य समयलाई पनि सदुपयोग गर्न सुझाव दिनुभएको हो ।

    सो क्रममा बोल्नुहुँदै अध्यक्ष राईले भन्नुभयो- राज्यले बनाएको नीति सतप्रतिशत सहि हुन्थ्यो भने देशले एउटा गति लिएको हुन्थ्यो, नीति बनाए पनि कार्यान्वयनको पाटो फितलो भएका कारण आज हरेक क्षेत्र पछाडि परिरहेको छ । सफलता हाँसिल गर्नका लागि फाल्टो समय खर्च गरेर नयाँ नयाँ कुराहरु अध्ययन गरि प्राप्त गर्न सकियो भने राज्यलाई योगदान हुने अध्यक्ष राईको भनाई छ । उहाँले भन्नुभयो –त्यसरी प्राप्त गरिने कुराहरुले सरकारसँगै व्यक्तिगत जीवनमा पनि फाईदा पुग्छ, तसर्थ तपाईहरु कार्यालय समयभन्दा फाल्टो समयलाई पनि खर्च गरेर सृजनात्मक कार्यमा लाग्ने गर्नुस् ।

    स्वास्थ्य शाखाले गत आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेको स्वास्थ्य कार्यक्रम सम्बन्धि वार्षिक समिक्षा कार्यक्रम गरेको हो । समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश राई, स्वास्थ्य शाखा संयोजक रिता ढकाल, साकेला अस्पतालका डा. किसन घिमिरे, पालिकास्थित सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया