जेठ ४, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • पालिकाको भूगोलभित्र भईरहेको विकास आफ्नै घरआगनमा भएको सम्झनु पर्छ –अध्यक्ष राई

    साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले कुनै पनि जात, भुगोल, धर्म, वर्ग र लिङ्गको आधारमा कसैलाई पनि विभेद नगरिएको बताउनुभएको छ । उहाँले विभेदकारी नीतिलाई पर सार्दै समग्र साकेलाको समृद्धि सोचेर अहिलेको सरकार विकासप्रति संवेदनशील भएको बताउनुभएको छ ।

    आज शुक्रबार जनविकास मञ्च साकेला गाउँपालिका-३, खिदिमा ढाँडेको आयोजनामा नवज्योती आधारभूत विद्यालयमा आयोजित शुभदिपावली, छठ, उभौली पर्व-२०८० को अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो ।

    उहाँले भन्नुभयो- ”पालिका सरकार गाउँपालिकाको विकासप्रति संवेदनशिल छ, हामीले विभेदकारी नीति अपनाएको छैनौं ।” उहाँले भन्नुभयो- ”तावाभञ्ज्याङ जस्तो भूगोल चखेवा भञ्ज्याङमा पनि छ, मैले विभेद गरेको भए पर्यटकीय संरचनाहरु त्यँही निर्माण गर्थेँ होला, तर विगत सरकारले थालेको तावातालको कुरालाई शिरोपर गर्दै तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउने हाम्रो लक्ष्य छ ।”

    पालिका प्रतिभा-२०८० फाईनलिष्ट डान्सर मेनुका राईलाई सम्मानपत्र प्रदान गर्नुहुँदै साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राई ।

    उहाँले थप्नुभयो- ”पालिकाको भूगोलभित्र हुने विकासलाई साकेलाबासीले आफ्नै घरआगनमा भएको विकास सम्झनु पर्छ ।” तावाताल सँगै तावाभञ्ज्याङमा निर्माण हुने साँस्कृतिक तथा पर्यटकीय संरचनाहरु पालिकाको आर्थिक समृद्धिको महत्वपूर्णस्थल बन्ने उहाँको भनाई छ । पालिका सरकारले गरिरहेको हरेक विकासलाई उच्च विचार र फराकिलो मनले सोचेर सहयोग गर्न साकेलावासी नागरिकहरुलाई अध्यक्ष राईले आग्रह गर्नुभयो ।

    नवगायक रविन दियालीलाई सममान पत्र प्रदान गर्नुहुँदै साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई ।

    कार्यक्रममा गायक तथा संगितकार हिमाल श्रेष्ठ, नवगायक रविन दियाली, पालिका प्रतिभा-२०८० को फाईनलिष्ट डान्सर मेनुका राई लगायत जन विकास मञ्चका कलाकारहरुले विभिन्न साँगितिक प्रस्तुती दिएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको पनि विशेष उपस्थिती रहेको थियो ।

    जनविकास मञ्चका कलाकारहरुलाई सम्मान पत्र प्रदान गर्नुहुँदै स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयाल ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया