साकेला- साकेला गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउने महत्वपूर्ण जिम्मेवारी शिक्षक-गुरुहरुको भएको र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी पनि उहाँहरुकै भएको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ । बुधबार गाउँपालिकास्थित शिक्षा शाखाद्धारा आयोजना गरिएको दुईदिने अन्तर विद्यालयस्तरीय प्रतियोगितात्मक अतिरिक्त कृयाकलाप कार्यक्रमलाई उद्घाटन गर्ने क्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
सबै क्षेत्रमा चेतनाको विकास शिक्षाले मात्र सम्भव छ, शिक्षाद्धारा नै समाज परिवर्तन गर्न सकिन्छ, सो को जिम्मेवारी तपाई शिक्षक-शिक्षिकाहरुको हो तसर्थ संवेदनशिल भएर पालिकाको शैक्षिक गुणस्तर माथि उठाउन गम्भीर भएर लागि पर्नुहोस् –अध्यक्ष राईले भन्नुभयो । तपाई शिक्षकहरु चेतनाको मुहान हो, समाज परिवर्तनको संवाहक हो, तसर्थ आफूले पाएको जिम्मेवारीलाई संवेदनशिलताका साथ पुरा गर्नुहोस् गाउँपालिकालाई हरेक क्षेत्रबाट समृद्धिको गन्तव्यमा पुर्याउन धेरै समय लाग्दैन -अध्यक्ष राईको भनाई छ ।
माहात्मा गान्धिको दर्शन छ- “तिमी परिवर्तन चाहान्छौ भने आफैबाट सुरु गर” यिनै दर्शनलाई आधार मानेर अध्यक्ष राईले थप्नुभयो- बोलेर मात्र हुँदैन व्यवहारमा उतार्न सके मात्र परिवर्तन सम्भव छ, तसर्थ आफूले पाएको जिम्मेवारीलाई संवेदनशिल बनेर व्यवहारमा उतारौं, विकास र समृद्धिको लागि कसैको आश गर्नु पर्दैन । आफूले पाएको जिम्मेवारीलाई संवेदनशिलताका साथ दायित्व निर्वाह सबैले गर्न सकियो भने सुसंस्कृत, संस्थागत र समृद्ध साकेला बनाउन धेरै समय कुर्नु नपर्ने अध्यक्ष राईको तर्क छ ।
उहाँले भन्नुभयो- हामी निर्वाचन जितेर आएदेखि शैक्षिक गुणस्तर माथि उठाउन प्रयत्नशिल छौं र नीतिगत रुपमा काम गरिरहेका छौं, गाउँपालिकाले बनाएको नीतिलाई सबैले साथ दिनुपर्छ । उहाँले व्यक्तिगत स्वार्थ, भावना र महत्वकांक्षालाई थाँति राखेर समग्र गाउँपालिकाको हितमा काम गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
उपाध्यक्ष बिर्सका राईको विशेष आथित्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा वडा अध्यक्षहरु हेमन राई, गोविन्द तामाङ सहित २८ वटै सामुदायिक विद्यालयका प्रअ, शिक्षक/शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो दिन कक्षा (१-३) IN-OUT, (कक्षा १-३)BALUN-SAVE र कक्षा (६-८) को म्युजिकल चेयर प्रततियोगिता सम्पन्न भएको छ । त्यस्तै, भोली बिहीबार कक्षा (४-५) को हिसाब दौड, कक्षा (४-५) को चित्रकला, कक्षा (६-८) को चित्रकला, कक्षा (६-८) को निबन्ध लेखन, कक्षा (९-१२) को वकृत्वकला र कक्षा (९-१२) को हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिने शिक्षा शाखा सँयोजक कविराज राईले जानकारी दिनुभयो ।
आज भएको प्रतियोगितात्मक खेलहरुमध्ये भित्र-बाहिरमा साकेला आधारभूत विद्यालयका छात्र मनोज कटवाल, पञ्चकन्या आवि रतन्छा-२ की छात्रा सोफिया खत्री र पञ्चकन्या आवि मात्तिम-५ कि छात्रा मुना राई क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । त्यस्तै बेलुन-सेभ प्रतियोगिता अन्तर्ग पञ्चकन्या आवि सुर्केका छात्र एकराज खत्री, बालबालिका माविका छात्र मिनकुमार चाहार र सरस्वती मावि मात्तिमका छात्र दिनेश राई क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । म्यूजिकल चेयर अन्तर्गत सरस्वती माविका छात्र सुजन विक, साकेला मावि रतन्छाका छात्र अभिषेक राई र सिद्धेश्वरी मावि खिदिमाकी छात्रा शान्तिकला राई क्रमश प्रथम, द्धितीय र तृतीय भएको बताईएको छ ।
प्रतिक्रिया