साकेला- पठन सँस्कृतिको विकासका लागि वैज्ञानिक महावीर पुनद्वारा लिखित किताब साकेला गाउँपालिकाका पाँचवटा माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । केपिलासगढी गाउँपालिका-५ सप्तेश्वर स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा कार्यरत अनिला राईद्धारा पठाईएको पुस्तक बिहीबार गाउँपालिका प्रमुख रवि प्रकाश राईले एक कार्यक्रमका बीच पालिकाका पाँच वटै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गर्नुभयो ।
अनिला राई खोटाङ सेवा-समाज दक्षिण कोरियाको सह-कोषाध्यक्ष हुनुहुन्छ । उहाँले नेपालको हकमा प्रथम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सँगै आफ्नो जिल्लाको भविष्यका कर्णधार विधार्थीहरूले पुस्तक पढुन् भन्ने उद्देश्यका साथ महाविर पुनद्वारा लिखित पुस्तक ‘सम्झना सपना अविरल यात्रा’ उपलब्ध गराउनुभएको हो । उहाँले खोटाङ जिल्लाभरीका एक सय एक वटा माध्यमिक विद्यालय र स्थानीय तहको शिक्षा शाखामा एक-एक थान पुस्तक उपलब्ध गराउने तयारी गर्नुभएको छ । सो कार्यका लागि खोटाङ सेवा समाज दक्षिण कोरियाले वितरकको भूमिका निर्वाह गरिरहेका छन् ।
प्रतिक्रिया