साकेला- खोटाङको साकेला गाउँपालिकामा आगामी मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । साकेला गाउँपालिकाको आयोजनामा हुने छैठौं संस्करणको राष्ट्रपति रनिङ शिल्डको व्यवस्थापन गर्ने जिम्मा यस पटक सरस्वती माध्यमिक विद्यालय मात्तिमले पाएको छ । गत वर्ष सिद्देश्वरी मावि खिदिमाले पाँचौ संस्करणको रनिङ शिल्ड प्रतियोगिता संयोजन गरेको थियो । स्थानीय नौलाखर्क खेलमैदानमा हुने प्रतियोगितामा विभिन्न विधाका खेल खेलाईने सरस्वती माध्यमिक विद्यालयका प्रअ शितल राईले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत छात्र भलिवल, छात्रा भलिवल, हाईजम्प छात्र-छात्रा, लङजम्प छात्र-छात्रा, सटफूट छात्र-छात्रा, १०० मिटर दौड छात्र-छात्रा, २०० मिटर दौड छात्र-छात्रा, ४०० मिटर दौड छात्र-छात्रा, ८०० मिटर दौड छात्र-छात्रा, रिले दौड ४×१०० मिटर छात्र-छात्रा, ४×४०० मिटर छात्र-छात्रा दौड लगायतको खेल खेलाईनेछ । प्रतियोगितामा पालिका भित्रका पाँच वटै माध्यमिक विद्यालयका छात्र-छात्रा सहभागि हुनेछन् ।
प्रतिक्रिया