माघ २५, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • साकेलाको फोहोरमैला व्यवस्थापन कार्यविधि कार्यान्वयनमा, यसरी गरिन्छ दण्ड, सजाय र जरिवाना

    साकेला- साकेला गाउँपालिकाभित्र बढिरहेको फोहोरमैलालाई व्यवस्थापन गर्नका लागि बनेको साकेला गाउँपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याईएको छ । हालै बसेको गाउँ कार्यापालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ उपदफा २ (११) बमोजिम र सोही ऐनको दफा ७ तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरि निर्माण गरिएको कार्यविधिलाई पास गरि कार्यान्वयनमा ल्याएको हो ।

    फोहोरमैलाको दिगो व्यवस्‍थापन गरि गाउँपालिकालाई पूर्ण सरसफाईमैत्री पालिका बनाईने गाउँपालिकाको आवधिक विकास योजनाको लक्ष्य अनुरुप हाल पालिकाको पाँचवटै वडामा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भईरहेको छ । फोहोरमैलाको दिगो व्यवस्थापनका लागि गाउँपालिकाले निर्माण गरेको आवधिक योजनामा पूर्ण सरसफाईमैत्री पालिका कार्यान्वयनलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।

    घर तथा बस्ती र बजारबाट निस्कने फोहोरबाट विभिन्न किसिमका रोग उत्पन्न हुनुका साथै मानव जीवनमा दीर्घकालिन असर पर्ने भएका कारण फोहोरमैलाको बेलैमा उचित व्यवस्थापन गर्न सके सुन्दर र सफा पालिका निर्माण गर्न सकिने अध्यक्ष राईको भनाई छ ।

    पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत प्रत्येक वडाको टोल तथा बस्ती, सार्वजनिक स्थल, सरकारी कार्यालय तथा विद्यालय, बजार र पार्कमा फोहोरमैला संकलन गर्नका लागि पालिकाले डष्टविन वितरण गरिसकेको छ । उक्त डष्टविनमा संकलित फोहोरमैलालाई गाउँपालिकाले सटिङ साईडमा पुर्याएर व्यवस्थापन गर्ने लक्ष लिएको छ । साकेला-३ खिदिमामा गाउँपालिकाले सटिङ साईड निर्माण गर्ने तयारी अनुरुप काम गरिरहेको छ भने सटिङ साईट र सो स्थानसम्म पुग्ने सडकका लागि आवश्यक जग्गा स्थानीयहरुले उपलब्ध गराएका छन् ।

    फोहोरमैला व्यवस्थापन गर्नका लागि बनेको कार्यविधिको दफा १४ मा उल्लेखित भए अनुसारको दण्ड, सजाय तथा जरिवाना सम्बन्धि व्यवस्था निम्नानुसार रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया