मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • तावाभञ्ज्याङमा पर्यटकीय पूर्वाधार निर्माण गर्न पर्यटनमन्त्री किराँती सकारात्मक

    साकेला- खोटाङको साकेला गाउँपालिका स्थित तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको पर्यटन पूर्वाधार निर्माण गर्ने विषयमा सँस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती सकारात्मक बन्नुभएको छ । तावातालसँगै सो क्षेत्रमा निर्माण गरिने विभिन्न जातजातिको साँस्कृतिक बस्ती, धार्मिक पार्क निर्माण गर्ने विषयमा मन्त्री किराँती सकारात्मक बन्नुभएको हो । नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद समिता कार्की ‘अस्मिता’, साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ सहितको टोलीले बुधबार मन्त्रालयमै पुगेर मन्त्री किराँती समक्ष तावाताल र सो क्षेत्रमा निर्माण गरिने पर्यटकीय भौतिक पूर्वाधार निर्माणमा भईरहेको ढिलासुस्ती र अवरोधको विषयमा जानकारी गराउनुभएको थियो । जानकारी पश्चात मन्त्री किराँतीले सो क्षेत्रमा निर्माण हुने पर्यटन पूर्वाधारको काम अगाडि नबढ्नुको कारणबारे बुझेर प्रकृया अघि बढाउने बताउनुभएको छ ।

    तावाभञ्ज्याङमा तावाताल निर्माणको लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैंया बजेट प्राप्त भएको छ । पर्यटनबाट प्राप्त सो बजेटले ताल निर्माण गर्न नपाईने साथै ताल निर्माण गर्न आईई र एआईए गरिसक्नुपर्ने हुन्छ । रातो किताबमा समेत पर्यटन पूर्वाधार निर्माणसँगै ताल निर्माण गर्नेगरि बजेट छापिएर आएपछि हाल पर्यटन पूर्वाधार निर्माणको लागि डिपिआर तयार गरिएको छ । सो आयोजनालाई बहुवर्षिय आयोजना बनाई छ करोड रुपैंया बराबरको पर्यटन पूर्वाधार तयार गरिने गरि डिपिआर तयार भए पनि हालसम्म प्रकृया अघि बढ्न सकेको छैन । पर्यटन पूर्वाधार निर्माण गर्नेगरि यसअघिनै ठेक्का आह्वान भईसक्नुपर्नेमा हालसम्म पनि ठेक्का प्रकृया अघि बढ्न नसकेको हो । सो क्षेत्रमा बन्ने पर्यटन पूर्वाधार अन्तर्गत विभिन्न धार्मिक तथा साँस्कृतिक पार्क निर्माण हुने बताईएको छ ।

    सो क्रममा पर्यटनमन्त्री किराँतीले भन्नुभयो –’म अहिले पर्यटनको ढोका र चाभीहरुबारे सुत्र तयार गर्दैछु, पर्यटनको तीन ढोकाहरु हुन्छन् कल्चर, नेचर र एडभाञ्चर तर त्यसलाई खोल्ने चाभीहरु चाँही के के हुन् त ढोका देखियो तर खोल्ने चाभी के हो, समृद्धिको गन्तव्यमा पुग्न पर्यटनको ढोका खोल्ने चाभीको खोजी गरिरहेको छु । उहाँले भन्नुभयो सँस्कार र सँसकृतिलाई मात्र पनि ब्राण्डिङ गर्न सकियो भने पर्यटनको ढोका खोल्न सकिन्छ र सो बाट समृद्धिको गन्तव्यमा पुग्न सकिन्छ ।

    छलफलकै क्रममा माओवादी केन्द्रीय सदस्य समिता कार्की अस्मिताले समग्र समाज, जिल्ला र देशलाई फाईदा पुग्ने काममा कोही कसैले अवरोध पुर्याउन नहुने बताउनुभयो । पूर्वग्राही ढंगबाट योजना असफल बनाउन कोही लाग्नुभएको हो भने त्यसले सफल नभईने बताउनुहुँदै उहाँले समन्वय गरेर प्रकृया अघि बढाईदिनहुन मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

    साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भन्नुभयो –’तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउन विगत सरकारले सुरु गरेका विकासका कार्यलाई निरन्तर अघि बढाउन वर्तमान सरकार प्रयत्नशिल छ, तावाताल निर्माणको कार्यलाई प्राथमिकतामै राखिएको छ ।’ सहिद पार्कलाई संरक्षण गरि दशवर्षे जनयुद्ध झल्कने संरचनाहरु तयार गरिने र मुन्धुम ट्रेललाई संरक्षण गरि पर्यटन पूर्वाधार निर्माण गर्नेगरि डिपिआर तयार भएको अध्यक्ष राईले बताउनुभएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया