जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेला गाउँपालिका-५ मात्तिम बन्यो अण्डर-२३ पुरुष फुटबल प्रतियोगिताको च्याम्पियन

    साकेला- खोटाङको साकेला गाउँपालिका-५ मात्तिम अण्डर-२३ पुरुष फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा आयोजना भएको चौथो अन्तर वडास्तरीय अण्डर-२३ प्रतियोगिताको फाईनल खेलमा खोटेहाङ गाउँपालिका-३ सावाकटहरेलाई पछि पार्दै मात्तिम च्याम्पियन बनेको हो ।

    निर्धारित समयमा १-१ गोल भएपछि ट्राईब्रेकरमा सावाकटहरेले ५ गोल गर्दा मात्तिमले ६ गोल गरेको थियो । स्थानीय सोल्मा स्पोर्ट क्लवले गत फागुन १२ गतेदेखि आयोजना गरेको पुरुष फुटबल प्रतियोगिता आज आईतबार सम्पन्न भएको हो ।

    प्रतियोगितामा बिजेता बन्न सफल मात्तिमले नगद एक लाख २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा उप-बिजेता बनेको सावाकटहरेले नगद ७१ हजार १११ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै सेमिफाईनलिष्ट बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पालाई प्रतिटिम ३५ हजार ५५५ रुपैँया प्रदान गरिएको आयोजक सोल्मा स्पोर्ट क्लवले जनाएको छ । प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको बिजेता टिम तथा खेलाडिलाई सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

    प्रतियोगितामा अनुशासित टिम खोटेहाङ गाउँपालिका-६ को ईन्द्रेणीपोखरी घोषित भएको थियो भने उत्कृष्ट खेलाडी साकेला-५ मात्तिमका राहुल राई घोषित भएसँगै ५ हजार ५५५ रुपैंया पुरस्कार प्राप्त गरे । त्यस्तै बेष्ट किप्पर मात्तिमका उमेश थापा, बेष्ट डिफेण्डर सावाकटहरेका युवराज थापा, बेष्ट मिडफिल्डर सुविन खड्का, हाई स्कोरर नेर्पाका बिकी राई, बेष्ट कोच मात्तिमका हिरन राई र राईजिङ प्लेयर मात्तिमका साहिल राई घोषित भएसँगै जनही तीन हजार ३३३ रुपैया पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको बिजेता बन्न सफल खेलाडिलाई जिल्ला समन्वय समिति संयोजक सन बहादुर राई, साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन न्यौपाने खत्री लगायतले बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया