जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेलामा देशकै नमूना काम भएको पाएँ- शेरधन राई

    साकेला- पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले साकेला गाउँपालिकाले गरिरहेको विकासका कामहरु देशकै नमूना भएको बताउनुभएको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत बन्नुभएका नेकपा एमाले स्थायी कमिटी सदस्य राईले साकेला गाउँपालिकाभित्र सञ्चालन भईरहेका योजना तथा परियोजनाहरु नमूना तरिकाबाट निर्माण भईरहेको पाएको बताउनुभयो । बिहीबार राईले साकेला गाउँपालिकामा निर्माण भईरहेका विभिन्न योजनाहरुको अनुगमन समेत गर्नुभयो । साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायत निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले मुख्यमन्त्री राईलाई स्वागत गर्नुभएपश्चात निर्माणाधिन प्रशासकीय भवन, मानेभञ्ज्याङ पार्क लगायतका योजनाहरु प्रत्यक्ष अनुगमन गर्नुभएको हो ।

    सो क्रममा बोल्नुहुँदै मुख्यमन्त्री राईले साप्सुखोला-मात्तिम-मानेभञ्ज्याङ-पाँचधारे सडक आफ्नै कार्यकालमा प्रदेश सरकारबाट योजना लगाईदिएको बताउनुहुँदै सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो अब यो सडकलाई कालोपत्रे गर्ने गरि योजना उपलब्ध गराउन पहल गर्नेछु । करिव ३० किलोमिटर लामो उक्त सडक कालोपत्रे भए दिक्तेल-भोजपुर र तराईका जिल्ला सम्म सहज यातायातको पहुँच विस्तार हुनेछ ।

    त्यस्तै साकेला गाउँपालिकाले गौरवको योजनाको रुपमा राखेको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण हुने तावाताल, साँस्कृतिक बस्ती र किराँत, वौद्ध र हिन्दुहरुको धार्मिक पार्क साकेला गाउँपालिकाको मात्र नभएर देशको उत्कृष्ठ योजना भएकाले सो योजना जसरी पनि सुरुवात गरेर सम्पन्न गर्नुपर्ने मुख्यमन्त्री राईले जीकिर गर्नुभयो । गाउँपालिकाले सजाएको समृद्धिको सपना सोही स्थानमा बन्ने संरचनाहरुले पुरा गर्ने बताउँदै उहाँले सो योजना कार्यान्वयनमा लैजान आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । साकेला गाउँपालिकाले अघि सारेको महत्वकांक्षि योजनाहरु सम्पन्न गर्न संघ तथा प्रदेश सरकारसमक्ष पहल गरिदिने आश्वासन राईले दिनुभएको छ । उहाँले साकेला गाउँपालिकाले आवधिक योजना बनाएर काम सुरु गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

    यसैबीच, साकेला गाउँपालिकाले बनाएको आवधिक योजना अनुसार अघि बढाउनुपर्ने भौतिक विकास, पर्यटन, खानेपानी, कृषि, सरसफाई लगायतका विभिन्न योजना कार्यान्वन गरि बजेट व्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले अनुरोध गर्नुभएको छ । विभिन्न मन्त्रालय तथा विभागद्धारा कार्यान्वयन हुने बजेटको लागि अध्यक्ष राईले मुख्यमन्त्री राईसमक्ष मागपत्र पेश गर्नुभएको छ । गाउँपालिकाले पेश गरेको मागपत्रको बारेमा आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको लागि पहल गरिदिने मुख्यमन्त्री राईले आश्वासन दिनुभएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया