साकेला- देवानी प्रकृतिका विवादहरुलाई सहजीकरण गरी संवादको माध्यमबाट जीत-जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास गर्न खोटाङको साकेला गाउँपालिकामा मेलमिलाप सम्बन्धी आठ दिवसीय ४८ घण्टे आधारभूत तालिम साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
साकेला गाउँपालिकास्थित न्यायिक समितिको आयोजनामा गत जेष्ठ १३ गतेदेखि सञ्चालन गरिएको तालिम सम्पन्न भएको हो । संविधानले नै व्यवस्था गरेको हरेक पालिकामा न्यायिक समितिको गठनले अहिले स-साना झै झगडा र लामो समयदेखि समाधान हुन नसकेका विवादहरु स्थानीय स्तरबाटै अहिले मेलमिलापका माध्यमबाट समाधान भएको र हरेक समाजमा सकरात्मक सन्देश गएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।
स्थानीय पालिकामा हल हुन नसकेका जटिल प्रकृतिका मुद्घाहरु निरुपणका लागि सम्बन्धित निकायसँग समन्वय गरि फर्छौट गर्ने गरिएको न्यायिक समिति संयोजक तथा उपाध्यक्ष बिर्सिका राईले बताउनुभयो । गाउँपालिकामा न्यायिक समिति र प्रत्येक वडा वडामा मेलमिलाप समिति भएकै कारण पनि गाउँघरमा हुने समस्या समाधानमा सहयोग पुगेको संयोजक राईको भनाई छ ।
सहभागिहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर गाउँ समाजमा हुने झै झगडा र द्वन्द न्यूनिकरणमा सहयोग पुग्ने कुरामा आफू विश्वस्त भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
तालिममा विवाद द्वन्दको अवधारणा र विस्तार, विवाद समाधानका उपाहरु आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्घतिको प्रयोग, मेलमिलाप सम्बन्धी नेपालमा प्चलित कानुनी व्यवस्थालगायतका विषयमा सहजीकरण गरिएको छ ।
तालिममा साकेला गाउँपालिकाका हरेक वडाका ३/३ जना मेलमिलापकर्ताको साथमा वडा अध्यक्ष र वडा सचिवको सहभागी रहेको तालिममा मानवअधिकार मञ्च नेपाल इलामका गायत्री थेगिम र याम माबोहाङ लिम्वुले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया