श्रावण २, २०८२ बुधबार

वडास्तरीय पुरुष फुटवल प्रतियोगिताको उद्घाटन (फोटो फिचर)

साकेला- साकेला गाउँपालिका-४, खेलकुद समिति साकेला-४ खोटाङले आयोजना गरेको अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको उद्घाटन साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा आईतबार सम्पन्न भएको छ । साकेला गाउँपालिकाको केन्द्रमा रहेको नौलाखर्क खेलमैदानमा हुने खेलमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । ९ ए साईड नकआउटको आधारमा खेलाईने खेलको पहिलो दिन साकेला गाउँपालिका-२ रतन्छा र नेर्पा स्पोर्ट क्लवबीच भएको खेलमा १-० गोल अन्तरले हराउँदै साकेला गाउँपालिका-२ रतन्छा अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि राई सहित कोशी प्रदेश फुटबल सङ्घका उपाध्यक्ष तथा केपिलासगढी गाउँपालिका प्रमुख समिर राई, साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व उपाध्यक्ष सरीता खड्का, जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुव विक्रम राई, नेकपा एमाले नेता आश्विनचन्द्र राई, वडा नम्बर १ का वडाध्यक्ष हेमन राई, सरस्वती मावि मात्तिमका प्रधानाध्यापक शितल राई लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । प्रतियोगिता आज मङ्सिर २३ गतेबाट सुरु भएर आगामी ३० गते सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

(उद्घाटन समारोहमा देखिएको दृष्यहरु हेर्नुहोस् तस्विरमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया