साकेला- साकेला गाउँपालिकाको गौरवको योजनाको रुपमा राखिएको बाँझेच्यानडाँडा-रतन्छा-मानेभञ्ज्याङ सडक अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राई नेतृत्वको अनुगमन टोलिले सडकमा अस्तव्यस्त तरिकाले राखिएको काठ व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सडक भित्ताको नालि सरसफाई तत्काल गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । प्रमुख राईले माथिबाट झारिएको गोलिया काठका कारण बिग्रिएको सडक बनाउन व्यवसायिहरुलाई निर्देशन दिनुभएको छ । यसैबीच सडक बीचमा काठ काटेका कारण फोहोर भएपछि तत्काल सरसफाई गर्न सम्बन्धित व्यक्ति तथा व्यवसायीहरुलाई भनिएको छ । गाउँपालिकाले दिएको निर्देशन अनुसार सडकको संरक्षण र सरसफाई नगरे व्यक्ति तथा व्यवसायीहरुलाई सडक नीति र फोहोरमैला व्यवस्थापन कार्यविधि अनुसार कारवाही र जरिवाना गरिने प्रमुख राईले बताउनुभयो । त्यस्तै निर्माणाधिन उक्त सडकको भित्ताहरुमा नाली व्यवस्थापन र सरसफाई गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिईएको छ । अनुगमनको क्रममा लिईएका तस्विरहरु ।
प्रतिक्रिया