चैत्र ६, २०८१ बुधबार
  • ताजा अपडेट
  • English
  • जनयुद्ध दिवसमा खोटेहाङ र जन्तेढुङ्गामा सार्वजनिक विदा

    खोटाङ, १ माघ- जनयुद्ध दिवसको अवसर पारेर खोटाङको खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले फागुन–१ गते (आज) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरु, स्वास्थ्य संस्था तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुमा भोलि (फागुन–१ गते) एक दिनका लागि सार्वजनिक विदा दिइएको हो ।

    वि.सं. २०५१ फागुन–१ गतेबाट शुरु भएको दश वर्षे जनयुद्धको जगमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै जनयुद्ध र जनयुद्धका शहीदहरुको सम्मानमा फागुन–१ गते सार्वजनिक विदा दिइएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेछ । गाउँपालिका अध्यक्षस्तरीय निर्णयको आधारमा जारी गरिएको भनिएको सूचनामा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ति’ र जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई ‘दिक्षा’ले हस्ताक्षर गर्नुभएको छ ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वि.सं. २०५१ फागुन–१ गते जनयुद्ध शुरु गरेको थियो । माओवादीको दश वर्षे जनयुद्धको जगमा वि.सं. २०६२÷६३ सालमा भएको जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई राजगद्धीबाट हटाएको हो ।

    जनयुद्ध दिवसको अवसर पारेर भोलि (फागुन–१ गते) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जनयुद्धका शहीद, घाइते तथा जनमुक्ति सेना, सेल्टरदाता लगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानको सहआयोजनामा मनाइने ३० औँ जनयुद्ध दिवसमा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त’ खोटाङ आउनुहुने माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । -हलेसीखबरबाट सभार

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया