चैत्र ८, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • सूचना प्रविधि अधिकृतको जागिर खुल्यो (हेर्नुहोस विज्ञापन)

    साकेला- खोटाङको साकेला गाउँपालिकामा अधिकृतस्तर छैठौं तह सूचना प्रविधि अधिकृतको जागिर खुलेको छ । गाउँपालिकाले करार सेवामा लिने गरि सोमबार विज्ञापन प्रकाशित गरेको छ । प्रकाशित विज्ञापन अनुसार सूचना प्रविधि अधिकृतमा जागिर खानको लागि सूचना प्रविधि विषय लिई कुनै एक विषयमा (BIT, BIM, BBIS, BCA, BEIT, BscIT, CSIT) स्नातक गरेको हुनुपर्नेछ । २१ वर्ष पुरा भई ३५ ननाघेको पुरुष वा माथिल्लो उमेर ४० ननाघेको महिला उम्मेद्वार यस जागिरको लागि योग्य हुने सूचनामा उल्लेख गरिएको छ । छनौट परीक्षा लोकसेवा पद्वती अनुसार लिखित, प्रयोगात्मक र मौखिक हुने गाउँपालिकास्थित प्रशासन शाखा प्रमुख सर्मिला राईले जानकारी दिनुभयो ।

    हेर्नुहोस् सूचना ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया