चैत्र ११, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • केश श्रृङ्गार र विद्युत जडान तालिम सम्पन्न

    साकेला- तीन महिना अघिदेखि साकेला गाउँपालिकामा सञ्चालन गरिएको केश श्रृङ्गार (ब्यूटी पार्लर) र विद्युत जडान सम्बन्धि आधारभूत तालिम औपचारिक रुपमा मङ्गलबार समापन गरिएको छ । व्यावसायिक सीप विकास केन्द्र ओखलढुङ्गा र साकेला गाउँपालिका मानेभन्ज्याङ खोटाङको सँयुक्त आयोजनामा सञ्चालन गरिएको तीन महिने (३९०) घण्टाको तालिम साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा समापन गरिएको हो ।

    दुवै तालिममा दश-दश जना गरि कूल २० जना प्रशिक्षार्थीहरु सहभागि भएको तालिमका सहभागिहरुलाई प्रमुख अतिथि राईले प्रमाणपत्र प्रदान गर्नुभयो । विद्युत जडान तालिमको सहजीकरण केदारनाथ दाहाल र केश श्रृङ्गार तालिमको सहजीकरण निर्जला गिरीले गर्नुभएको थियो । सफलतापूर्वक तालिमको सहजीकरण गराउनुहुने दुवैजना सहजकर्तालाई समेत प्रमुख अतिथि राईले कदरपत्र प्रदान गर्नुभयो । साकेला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको सभापतित्वमा भएको समापन कार्यक्रममा व्यावसायिक सीप विकास तालिम केन्द्र ओखलढुङ्गाका निमित्त प्रमुख भबिन्द्र कुमार खत्रीको समेत उपस्थिती रहेको थियो ।

    तालिम समापनको अवसरमा संक्षिप्त भनाई राख्नुहुँदै साकेला गाउँपालिकाका अध्यक्ष राईले आफूले सिकेको सीपलाई व्यवहारिक रुपमा प्रयोग गरि व्यवसायिक बन्न सहभागिहरुलाई सुझाव दिनुभयो । साकेला गाउँपालिकाले अघि सारेको एक घर एक व्यवसाय र एक रोजगारको नीति अनुरुप तालिम प्रदान गरिएको र आफूले सिकेको सीपलाई त्यसै खेर जान नदिन निरन्तर पहल र प्रयत्न गर्न सुझाव दिनुभएको हो । आफूले सिकेको सीपलाई व्यवसायिक रुपमा अघि बढाउन चाहने सहभागिहरुलाई आगामी दिनमा पालिकाले सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्वता समेत अध्यक्ष राईले गर्नुभएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया