जेठ ७, २०८२ सोमबार

भ्वाईस अफ नेपालका फाईनलिष्ट रोशन राईलाई साकेलामा स्वागत, यसरी गरौं भोट र सहयोग

साकेला-‘द भ्वाईस अफ नेपाल’ सिजन-6 का उत्कृष्ट ४ अर्थात फाईनलिष्ट बन्नुभएका प्रतियोगी ‘पालुवा स्टार’ रोशन राई लाई खोटाङको साकेला गाउँपालिकामा स्वागत गरिएको छ । कोच मेलिना राईको टिमबाट फाइन चरणमा प्रवेश गर्नुभएका रोशनसँगै गीतकार/राजनीतिज्ञ/समाजसेवी गोपालचन्द्र राई, गायक तथा संगीतकार हसन राई तथा गायीका मनिता राईलाई बिहीबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई सहितले स्वागत गर्नुभएको हो । गाउँपालिका अध्यक्ष राईले स्वागत सँगै जितको लागि शुभकामना र आशिर्वाद प्रदान गर्नुभएको छ । उहाँले पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाउँनुहुँदै व्यक्तिगत रुपमा पनि सहयोग गर्ने र सम्पूर्णलाई सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा खोटाङका गायक रोशन भोली शुक्रबार हुने फाईनल प्रतियोगिता अगावै  साँगीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लाको विभिन्न स्थान र पालिकाहरुमा उपस्थित हुनुभएको भएको हो । गायनबाट स्थापित बनिसक्नुभएका रोशनलाई जिताउन जिल्लास्थित विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरु जुटिरहेका छन् । भोट अपिलकै लागि गायक रोशनले दिक्तेल र गृह पालिका दिप्रुङ चुइचुम्मामा आयोजित कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।

हङ्कङ लगायत देशका विभिन्न स्थानमा प्रस्तुति दिइसक्नुभएका रोशनको विभिन्न गीतहरु स्थापित भइसकेका छन् । रोशन गायन सँगसँगै सँगीतमा समेत खुबी राख्ने ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनका बलियो प्रतिस्पर्धीमा पर्नुहुन्छ ।

फाईनल राउण्डमा टिम मेलिनाबाट रोशनसँगै उदय सोताङबाट अर्पणा आचार्य, टिम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे र टिम राजु लामाबाट प्रमेश राई फाइनलिस्ट बनेका छन् । रोशनलाई भोट गर्नका लागि खल्ती एप्लिकेसनमा गएर भोट गर्न सकिनेछ भने Roshan Rai, Prabhu Bank A/C No. 0190030584000011 मार्फत पनि सहयोग गर्न सकिनेछ । भोट गर्ने समय भने भोली शुक्रबार बेलुकी ८ बजेसम्म मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया