असार ६, २०८२ बिहिबार

साकेला अस्पतालको प्रसुती-गृहको छानो हावाहुरीले उडायो

साकेला- शुक्रबार साँझ आएको हावाहुरी र पानीले खोटाङको साकेला गाउँपालिका-२ स्थित रतन्छामा रहेको आधारभूत अस्पतालको छानो उडाएको छ । पाँच शैयाको साकेला आधारभूत अस्पतालको प्रसुती-गृह रहेको भवनको छानो हावाहुरीले उडाएर क्षति पुर्याएको हो । हावाहुरीले छानो उडाएपछि प्रारम्भीक क्षतिको आँकलनका लागि गाउँपालिकाको प्राविधि टिम त्यसतर्फ गएको बताईएको छ । पुरानो स्वास्थ्य चौकी भवन रतन्छामा प्रसुती कक्ष सञ्चालन गरिँदै आईएको थियो भने नजिकै रहेको साकेला उच्च माविको भवनबाट अस्पतालको थप सेवा प्रवाह गरिँदै आईएको थियो । आधारभूत अस्पतालको भवन निर्माणाधिन रहेको र नयाँ भवनमा सर्न केही समय लाग्ने अनुमान गरिएको छ । हेर्नुहोस तस्विर ।

हावाहुरी उडाउनु अघि । प्रसुती गृह सञ्चालन भएको माथिल्लो भवन र अस्पतालको सेवा प्रवाह गर्ने तल्लो भवन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया