बिराटनगर- १५ शैयाबाट सेवा प्रवाह गर्दै आएको खोटाङको जिल्ला अस्पताललाई ५० शय्याको बनाउने गरि निर्णय भएको छ। कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद् बैठकले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको बनाउने निर्णय गरेको हो ।
कोशी प्रदेशकै विकट मानिने खोटाङ जिल्लामा १५ शय्याको मात्र अस्पताल संचालन हुँदा जिल्लाबासीहरु थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालसम्म जान बाध्य थिए। अस्पतालको स्तरोन्नतीसँगै चिकित्सकको दरबन्दी समेत बढाएर सेवा प्रावह गरिनेगरि निर्णय भएको जनाईएको छ ।
हाल आठौं तहको डाक्टरसहित ३० जनाको दरबन्दी रहेको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेसँगै ११ औं तहको विशेषज्ञ डाक्टर सहित ५९ जना स्वास्थ्यकर्मीहरूको दरबन्दी कायम गरिएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।अस्पतालको स्तरोन्नती सँगै कायम स्वास्थ्यकर्मीको दरबन्दीले जिल्लावासीलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया