पुष १४, २०८२ सोमबार

विद्यालयमा छड्के अनुगमनलाई निरन्तरता, अब पालो कस्को ?

साकेला- शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी, गुणस्तरीय र नतिजा मूलक बनाउने उद्देश्यले साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले पालिकाको वडा नम्बर ५ स्थित सरस्वती माध्यमिक विद्यालयमा अनुगमन गर्नुभएको छ । सो सँगै अध्यक्ष राईले ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा निर्माण सुरु भएको विद्यालय भवनको समेत अनुगमन निरिक्षण गर्नुभएको छ ।

नेपाल अधिराज्यभरीबाट छनौट भएको ठूला विद्यालय योजना अन्तर्गत पाँच वटा विद्यालयहरु मध्ये छनौट भई निर्माण सुरु गरिएको १२ कोठे पक्की भवनको अनुगमन गर्नुभएको हो । लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रहि सेवा निवृत्त हुनुभएका गाउँपालिका प्रमुख राई र विद्यालयको पहलमा उक्त योजना मार्फत सो विद्यालय छनौट भई निर्माण सुरु गरिएको हो । कूल २ करोड ८५ लाख ५८ हजार १३३ रुपैंयामा सो भवन निर्माण हुनेछ ।

विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरि अपेक्षामूलक नतिजा ल्याउनका लागि सुक्ष्म ढंगबाट कमी कमजोरि पत्ता लगाउने उदेश्यका साथ शैक्षिक संस्थाहरुको अनुगमनको कार्यलाई निरन्तरता दिँदै आईएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । सामुदायिक विद्यालयहरुको नतिजामा सुधार ल्याई परिणाममुखी शिक्षाको खोजीमा छौं, यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवाला व्यक्ति सबैले साथ दिनुपर्छ अध्यक्ष राईको भनाई छ ।

अनुगमनको क्रममा अध्यक्ष राईले शिक्षक तथा विद्यार्थीहरुसँग अन्तर्क्रिया समेत गर्नुभएको छ । नियमित पठनपाठन, विषयवस्तु अनुसारको ज्ञान, समयको पालना, विद्यालय तथा कक्षाकोठा सरसफाईको अवस्था, व्यक्तिगत आचारण र बानि व्यहोरा, जीवनको महत्व, समयको महत्व, विज्ञानले बनाएको समय, नैतिक र व्यवहारिक ज्ञान लगायतका बारेमा अन्तरक्रिया गर्नुभएको हो ।

यसैबीच अध्यक्ष राईले निर्माणाधिन स्वास्थ्यचौकीको भवन अनुगमन गरि सम्पन्न हुन बाँकी काम यथाशिघ्र सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिनुभएको छ भने सहज र प्रभावकारी स्वास्थ्य सेवा नागरिकलाई उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देश गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया