पुष ८, २०८२ मंगलबार

बाँझेच्यानडाँडा खेलमैदानको अनुगमन (फोटो फिचर)

साकेला- खोटाङको साकेला गाउँपालिका-१ स्थित बाँझेच्यानडाँडामा निर्माण भएको खेलमैदानको अनुगमन गरिएको छ । बुधबार साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा गएको टोलीले उक्त खेलमैदानको अनुगमन गरि निर्माण हुन बाँकी थप संरचना तत्काल निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । आगामी माघमा हुने माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोही मैदानमा हुने तय भएको छ । यस वर्षको प्रतियोगिता गराउने जिम्मा राधाकृण्ण मावि बाँझेच्यानडाँडाले लिएको छ । उक्त प्रतियोगिता अगावै मैदान सम्याउने र आवश्यक थप संरचनाको निर्माण सक्नेगरि काम गर्न गाउँपालिका प्रमुख राईले निर्देशन दिनुभएको छ । वडा नम्बर १ का वडाअध्यक्ष हेमन राई, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई सहित विभिन्न व्यक्तित्वहरुले उक्त खेलमैदानको अनुगमन गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया