असार २०, २०८२ बिहिबार

माओवादी केन्द्रीय सदस्य महादेव यादवको निधन, प्रचण्डद्वारा दुख व्यक्त

काठमाडौंः पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति दुख व्यक्त गरेका छन् ।

लामो समयदेखि क्यान्सर पीडित रहेका उनको सोमवार बेलुका यादवको ५७ वर्षको उमेरमा निधन भएको हो । आज एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील कमरेड गुमाएको र पार्टीले समर्पित सहकर्मी गुमाएको बताएका छन् ।

“कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ ।” जारी शोक वक्तव्यमा भनिएको छ ।  साथसाथै उनी जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारु र क्रान्तिकारी योद्धा रहेका थिए ।

उनको निधन सोमवार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन शुरु गरेका उनले २०४८ सालमा जागिर छोडेर तत्कालिन जनमोर्चाको तर्फबाट बालबाखर गाविस (हाल सहिद नपा–१) को उपाध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया