जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • ‘महिला दिवस’मा ८० वर्ष भन्दा माथिका जेष्ठ महिलाहरुलाई गाउँपालिकाको सम्मान

    साकेला- खोटाङको साकेला गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेर मार्च ८ अर्थात ११४ औं ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाएको छ । यस वर्ष ‘महिलामा लगानी- सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यता र गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको अध्यक्षतामा महिला तथा बालबालिका शाखाको संयोजनमा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाईएको हो । महिला दिवसको अवसरमा साकेला गाउँपालिकाले पहिलो पल्ट ८० वर्ष उमेर पुरा भएका जेष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । वृद्ध अवस्थाका जेष्ठ महिलाहरुले समाज परिवर्तनका लागि खेल्नुभएको भूमिका र योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्ष गाउँपालिकाका पाँच वटै वडाका जेष्ठ महिलाहरुलाई सम्मान गरिएको हो ।

    राजनैतिक, आर्थिक, सामाजिक रुपान्तरणका लागि समाज परिवर्तन गर्न जेष्ठ महिलाहरुले पुर्याउनु भएको योगदानको कदर गर्दै महिला दिवसको अवसर पारेर सम्मान गरिएको हो । गाउँपालिका प्रमुख रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, पूर्व गाउँपालिका उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत महेश राई, प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन न्यौपाने खत्री, अन्य वडाध्यक्षहरु हेमन राई, गोविन्द तामाङ लगायत कार्यपालिका सदस्यहरुले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

    गाउँपालिकाभरी ८० वर्ष पुरा भएका १३४ जना भन्दा बढी जेष्ठ महिलाहरुमध्ये दिवसमा उपस्थित करीव दुई दर्जन बढी वृद्धावस्थाका महिलाहरुलाई सम्मान गरिएको हो । वृद्ध अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने अन्य जेष्ठ महिलाहरुलाई वडा कार्यालयको समन्वयमा सम्मान गरिने जनाईएको छ । ‍औपचारिक रुपमा गाउँपालिकाले कार्यक्रममा भेला गराई सम्मानित गरेकोमा जेष्ठ आमाहरु हर्षित भएका छन् ।

    महिला दिवसको अवसरमा शुभकामना दिनुहुँदै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले सम्मानित हुनुहुने जेष्ठ महिलाहरुको दीर्घ जीवनको शुभकामना प्रदान गर्नुभयो । संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तिकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकता दिएर कार्यक्रम अघि बढाईने बताउनुभयो । उहाँले भन्नुभयो- हामी स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित भएर आएपश्चात कुनै जातजाति, भुगोल, राजनैतिक आस्था, लैङ्गिक, धार्मिक आधारमा कसैलाई भेदभाव नगरि समान व्यवहार गर्दै आएका छौं ।

    हामी नागरिकहरुलाई माथि उठाउने प्रयत्नमा लगि रहेका छौं, साकेला गाउँपालिका जनताको सरकार हो र यो सरकारको मालिक जनता भएको हैंसियतले संवेदनशिल ढंगबाट हरेक कामकाजलाई अगाडि बढाईरहेको अध्यक्ष राईले बताउनुभयो । साकेला गाउँपालिका एउटा सिंगो घर हो, हामीले आफूलाई त्यो घरको सदस्‍य सम्झिनुपर्छ, अध्यक्ष राईले थप्नुभयो- एउटा घरभित्र हुने हरेक विकासका कामहरुलाई परिवारका सदस्यहरुले आफ्नै सम्झेर साथ दिनुपर्छ अनिमात्र एउटा बलियो घर बन्छ, घरसँगै समाज र देश बन्छ अनि हामीले खोजेको समृद्धिको सपना पुरा हुन्छ ।

    गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै आजको दिन महिला मुक्तिको ऐतिहाँसिक दिन भएको बताउनुभयो । उहाँले भन्नुभयो- आजको दिन महिला मुक्तिको निम्ति विद्रोहको दिन हो, परिवर्तन र एकताको निमित्त एकताको दिन भएकाले सबै महिलाहरुको एकताले नै महिला दिवसले सार्थकता पाउँछ । यस वर्ष ८० वर्ष पुरा भएका जेष्ठ महिलाहरुलाई दीर्घ जीवनको कामना गर्दै सम्मान गर्ने निर्णय अनुसार सम्मान गर्यौं, उपाध्यक्ष राईले भन्नुभयो आगामी वर्षहरुमा समग्र महिलाको क्षेत्रमा थप कार्यक्रम बिस्तार गर्दै लैजान्छौं ।

    यसैबीच, महिला दिवसकै अवसर पारेर अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । साकेला गाउँपालिकाको गुणास्तरीय शिक्षामा महिलाको भूमिका विषयक बकृत्वकला प्रतियोगितामा सहभागि ८ जना छात्राहरुमध्ये सरस्वती माध्यमिक विद्यालय मात्तिमका छात्रा स्मिता अधिकारी प्रथम, सोही माविकी खुस्वु खड्का दोश्रो, सिद्देश्वरी मावि खिदिमाकी छात्रा अविना राई तेश्रो र साकेला माध्यमक विद्यालयकी छात्रा भोजना फुयाल सान्त्वना भएका छन् ।

    त्यस्तै आमा समूह र महिला शसक्तिकरण समूहहरुमा आवद्व सदस्यहरुबीच गराईएको म्युजिकल चेयर प्रतियोगितामा सहभागिहरुमध्ये बिर्सिका राई, ललिता तामाङ, दुर्गा कटवाल र एलिसा लुईटेल क्रमश प्रथम, दोश्रो, तेश्रो र सान्तवना हुनुभएको छ । प्रतियोगिताको बिजेताहरुलाई नगद र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

    कार्यक्रममा पूर्व गाउँपालिका उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत महेश राई, प्रवक्ता तथा ५ नम्बर वडाका वडा अध्यक्ष जीवन खत्री लगायतले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कर्मचारीहरु शिला थापा, सोनी राई र एलिसा राईले साँगितिक प्रस्तुती अन्तर्गत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि साकेला गाउँपालिकाबासी नागरिकहरु ।

    सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११४ वर्ष पुगेको छ । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो ।

    १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालिएको हो।

    हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने खासै परिवर्तन हुन सकेको पाईंदैन । यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ । पहिलो पटक नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो । त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए ।

    ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको व्यानर पढेर उद्घाटन गर्नुहुँदै साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई ।

    महिला दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।

    कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष बिर्सिका राई ।

    कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै साकेला गाउँपालिकाका पूर्व उपाध्यक्ष सरिता खड्का ।

    ८० वर्षमाथिका जेष्ठ महिलाको प्रतिनिधि मार्फत दोसल्ला प्रदान गर्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।

    बकृत्वकलाका बिजेताहरुलाई पुरस्कार प्रदान गर्नुहुँदै प्रप्रअ महेश राई ।

    म्युजिकल चेयर र बकृत्वकला प्रतियोगिताका विजेतासँग संयुक्त तस्विर खिचाउनुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राई

    म्युजिकल चेयरको बिजेतालाई पुरस्कार प्रदान गर्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।

    मञ्चमा आसिन प्रमुख अतिथि तथा अन्य विशेष अतिथिहरु ।

    बकृत्वकलाको बिजेतालाई पुरस्कार प्रदान गर्नुहुँदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।

    महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य प्रदान गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत महेश राई ।

    महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य प्रदान गर्नुहुँदै साकेला गाउँपालिकाका प्रवक्ता जीवन न्यौपाने खत्री ।

    अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै छात्रा ।

    अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै छात्रा ।

    अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै छात्रा ।

    अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै छात्रा ।

    अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै छात्रा ।

    अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै छात्रा ।

    अन्तर माध्यमिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै छात्रा ।

    म्युजिकल चेयर प्रतियोगिताको दोश्रो पुरस्कार प्रदान गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष बिर्सिका राई ।

    ८० वर्ष पुरा भएका जेष्ठ महिलाको प्रतिनिधि मार्फत दोसल्ला प्रदान गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष बिर्सिका राई ।

    ८० वर्ष पुरा भएका जेष्ठ महिलाको प्रतिनिधि मार्फत दोसल्ला प्रदान गर्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राई तथा उपाध्यक्ष बिर्सिका राई ।

    म्युजिकल चेयर प्रतियोगिताका लागि तयारी अवस्थामा आमा समूह तथा महिला शसक्तिकरण समूहका पदाधिकारीहरु ।

    म्यूजिकल चेयरको विजेता बन्नका लागि तयारी हुँदै ।

    महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्नुहुँदै बाँयाबाट क्रमश एलिशा राई, सोनी राई र शिला थापा ।

    दोसल्ला ओढाएर सम्मान गरेपछि जेष्ठ आमाको अनुहारमा देखिएको खुशी , साथमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई।

    म्युजिकल चेयरको तेश्रो विजेतालाई पुरस्कार प्रदान गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत महेश राई ।

    म्युजिकल चेयर र बकृत्वकलाका बिजेतासँग गाउँपालिका अध्यक्ष रवि प्रकाश राई सामूहिक तस्विर खिचाउनुहुँदै ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया