मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • गोरखा जिल्ला अदालतका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

    गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले नियन्त्रणमा लिएको छ ।

    अख्तियारले १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई हिजो (बिहीबार) नियन्त्रणमा लिएको छ ।

    अदालत नजिकै एक होटलमा सेवाग्राहीसँग काम मिलाइदिने भन्दै पैसा लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालय स्रोतले जनाएको छ ।

    उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया