निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गरेको छ ।
सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल काठमाडौँ–सुर्खेत रुटमा बुद्ध एयरलाइन्सले मात्र उडान गर्दै आएको थियो ।
काठमाडौँ–सुर्खेत उडानको भाडादर तोक्दै गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले पुस १८ गते आइतबार देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिएका छन् ।
हाल दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने गुण एयरलाइन्स टिकट अनलाइन लिन सकिने व्यवस्था गरिएको छ । काठमाडौैँ–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सका प्रवक्ता थापाले बताएका छन् ।
भने यही पुस २६ गतेदेखि दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने जानकारी दिएका छन्।
हाल काठमाडौँ–सुर्खेत बुद्ध एयरले मात्रै दैनिक बिहान ७ः२० बजे काठमाडौँबाट उडान भर्दै आएको छ ।
प्रतिक्रिया