जेठ ४, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • साकेला गाउँपालिका प्रतिभाबाट गायनतर्फ रविन र नृत्यतर्फ मेनुका राई छनौट

    साकेला- साकेला गाउँपालिकामा आयोजना गरिएको प्रतिभा छनौट प्रतियोगिताको गायनतर्फ रविन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम हुनुभएको छ । गायनतर्फ १२ जना प्रतिभालाई पछि पार्दै रविन र नृत्यतर्फ ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मेनुका प्रथम हुनुभएको हो ।

    खोटाङ कलाकार समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने दुवैजनाले नगद दश-दश हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रथम हुने दुवैजना प्रतिभालाई जिल्लाव्यापी छनौटमा सहभागी गराइने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो ।

    गायनतर्फ जुनु राई दोस्रो र राईसर चाम्लिङ तेश्रो हुनुभएको छ । नृत्यतर्फ सुजता भुजेल दोस्रो र स्मारिका राई तेस्रो हुनुभएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा विजयी प्रथम, द्धितीय र तृतीय हुने प्रतिभाहरुलाई साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कार प्रदान गर्नुभयो । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई अस्वस्थताका कारण उक्त कार्यक्रममा उपस्थित हुन नसके पनि खोटाङ कलाकार समाजको प्रतिभा छनौट अभियानलाई सुभेच्छा प्रकट गर्नुभएको छ ।

    प्रथम, द्धितीय र तृतीय हुने दुवैतर्फका प्रतिभाले क्रमशः नगद दश हजार, सात हजार र पाँच हजार रुपैंया प्राप्त गरेका छन् । ‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–सँस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने नारासहित जिल्लाका दशवटै स्थानीय तहमा प्रतिभा छनौट भएको हो । स्थानीय तहबाट छनोटमा परेका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा २०८०’ छनोट गरिने आयोजकले जनाएको छ ।

    पालिका छनौट कार्यक्रममा गायक तथा संगीतकार रुपकुमार राई, गायक विनोद खम्वु, गायिकाहरु पार्वती राई, बबिना किराती, मेनुका राई, मनिता राई लगायत अन्य गायक तथा संगितकारहरुको उपस्थिती रहेको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया