असोज २३, २०८१ बुधबार
  • ताजा अपडेट
  • English
  • शैक्षिक अभियान्ता दयानन्द राईको निधनप्रति काँग्रेसद्धारा शोक व्यक्त

    साकेला– शैक्षिक अभियान्ता दयानन्द राईको निधनप्रति नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङ र साकेला गाउँ कार्य समितिले श्रद्धाञ्जली व्यक्त गरेको छ । खोटाङको साकेला गाउँपालिका–२, रतन्छा माझगाउँका शैक्षिक अभियन्ता दयानन्द राईको भाद्र १३ गते बिहीबार भएको निधन प्रति काँग्रेसले शोक व्यक्त गरेको हो ।

    शनिबार नेपाली काँग्रेस महासमिति सदस्य तथा साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई सहित नेपाली काँग्रेस साकेला गाउँ कार्य समितिको तर्फबाट पदाधिकारीहरु मृतक शैक्षिक अभियान्ता राईको घर रतन्छा पुगेर श्रद्धाञ्जली सँगै शोक व्यक्त गर्नुभएको हो । महासमिति सदस्य राई सहित साकेला गाउँपालिकाकी पूर्व उपाध्यक्ष सरीता खड्का, साकेला गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, पूर्व ४ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, नेपाली काँग्रेसका साकेला गाउँ कार्य समितिका पदाधिकारी सदस्यहरु सहितको टोलीले मृतक राईको धर्मपत्नि रामकुमारी राईलाई श्रद्धाञ्जली पत्र प्रदान गर्नुभएको हो ।

    वि.सं. २००१ वैशाख १ गते जन्मनुभएका राईले लामो समय शिक्षण पेशामा आवद्ध रहेर शैक्षिक क्षेत्रलाई ठूलो योगदान पु¥याउनु भएको थियो । उहाँ रतन्छा भरीकै एसएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँले भोजपुर जिल्लास्थित विद्योदय माध्यमिक विद्यालयमा २०१७ सालमा कक्षा ८ मा भर्ना भई वि.सं. २०२० सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

    २०२९ सालमा बिए उत्तीर्ण गरेपछि उहाँले सोही सालदेखि २०३७ सालसम्म सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा अध्यापन गराउनुभयो भने २०३७ सालको शैक्षिक सत्रदेखि साकेला मावि रतन्छामा प्रधानाध्यापकमा नियुक्त भई काम गर्नुभएको इतिहाँस छ । शिक्षण पेशाकै क्रममा सरस्वती मावि साकेला–५ मात्तिममा लामो समयसम्म प्रधानाध्यापक भई काम गर्नुभएको र अन्त्यमा विद्योदय मावि दोर्पाचिउरीडाँडा खोटाङमा कार्यरत रहँदै गर्दा २०५८ चैत्रबाट अस्वस्थताका कारण निवृत्तिभरणमा अवकास हुनुभएको थियो ।

    उहाँले पढाउनुभएको विद्यार्थीहरु राज्यको ठूलाठूला ओहदा र पदमा पुगेका छन् । त्यसैले उहाँको शैक्षिक क्षेत्रमा रहेको योगदान अतुलनीय र अवष्मिरणीय रहेको छ । प्रजातान्त्रिक विचारसँग आवद्ध रहनुभएका साथै एक प्रजातान्त्रिक, वौद्धिक र वैचारिक व्यक्तित्व दयानन्द राईको निधनबाट समाज र समुदायले अपूरणीय क्षति महशुष गर्नुपरेको छ । यस दुःखको क्षणमा दीवंगत आत्माको चीरशान्तिको कामना गर्दै उहाँप्रति नेपाली काँग्रेस खोटाङ र साकेला गाउँ कार्य समिति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ–श्रद्धाञ्जली पत्रमा भनिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया