श्रमदान मार्फत धन्नेश्वरी गुफा सरसफाइ, धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम (फोटो फिचर)

साकेला- साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत वृहत रूपमा सरसफाइ गरिएको छ । शनिबार साकेला गाउँपालिकाको “श्रम साकेला अभियान” अन्तर्गत वडा नम्बर २ रतन्छाको अगुवाइमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागितामा गुफा परिसर र गुफाभित्र व्यापक सरसफाइ.......



































































