सरसफाई र सौन्दर्यकरणमा साकेला अग्रणी : समन्वय समितिले गर्यो सम्मान

खोटाङ । पूर्ण सरसफाई, फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणमार्फत गाउँपालिकालाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने अभियानमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै साकेला गाउँपालिका सम्मानित भएको छ । जिल्ला समन्वय समिति खोटाङले दशौँ जिल्ला सभाको अवसर पारेर गाउँपालिकालाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरेको हो । साकेला गाउँपालिकाले जिल्लाका अन्य स्थानीय तहभन्दा फरक र नमुना ढंगबाट.......






























































